काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनको क्रममा ‘बदलिएको कांग्रेस’को प्रचारका लागि समय पर्याप्त नभएको उल्लेख गरेका छन् । थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार बुझाएको राजीनामा पत्रमा सो कुरा उल्लेख छ ।
विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमा निर्वाचनमा पार्टीको नेतृत्व गर्नु अवसर र चुनौती दुवै भएको उनले उल्लेख गरेका छन् । पुस २७ गते सुरु भई माघ १ बिहान सकिएको विशेष महाधिवेशनबाट उनी सभापतिमा चयन भएका थिए ।
सभापति भएको भोलिपल्ट निर्वाचन आयोगले थापा सभापति भएको नेतृत्वलाई मान्यता दिएको थियो । निर्वाचन आयोगले मान्यता दिएसँगै नवनिर्वाचित समितिको संसदीय बोर्डले टिकट वितरणको कार्य सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड