लुटन टाउनविरुद्ध लिभरपुलको सहज जित

एजेन्सी

विहीबार, १० फागुन २०८०, १० : २८
लुटन टाउनविरुद्ध लिभरपुलको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लुटन टाउनलाई हराएको छ। 

गएराति भएको खेलमा लिभरपुल लुटन टाउनलाई ४–१ गोलले हराएको हो।

खेलको १२औँ मिनेटमै चियोडोजी ओग्बेनेले गोल गरेर लुटनले‌ अग्रता लिएको थियो। तर लिभरपुलका भान डाइकले ५६औँ मिनेटमा गोल हानेपछि खेल बराबरीमा आएको थियो। 

फेरि ५८औँ मिनेटमा गाक्पोले गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो। डियाजले ७१औँ मिनेटमा र इलियटले ९०औँ मिनेटमा गोल थपेपछि  लिभरपुलले लुटनविरुद्ध सहजै जित हासिल गरेको हो। 

शीर्षस्थानमा रहेको लिभरपुलले २६ खेलबाट ६० अंक जोडेको छ भने एक‌ खेल कम खेलेको म्यानचेस्टर सिटीले ५६ अंक बनाएको छ। लुटन भने २५ खेलबाट जम्मा २० अंक जोडेर १८औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस