काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।
गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन ।
गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समुहगत छलफल पछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन । सो सुझावको आज सभापति देउवा, उपसभापति पुर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।
महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समुह बनाइ छलफल गरिएको थियो ।
हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै