गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ : झलनाथ खनाल

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १५ : ५८
गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र उनकै शव्दमा वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए ।उनले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे ।

गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए ।

उद्योगबाट आउने राजश्व देशमा विक्रमसम्बत १९९५ को भन्दा कम रहेको भन्दै उनले त्यसवेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताए ।

‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ’, खनालले भने, ‘सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन ।

यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस