काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविले जनाएको छ ।
गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय दिएको उनले बताए । समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाट अनलाइनबाट विद्यार्थीका प्रमाणपत्रहरू दिन भनेको तर सेवा सुरु भएको एक दिनमै वेबसाइट ह्याक भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित