रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले संघीय सरकारबाट नै प्राकृतिक स्रोत साधनको उपयोगमा उदासिन भएको बताएका छन । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बुटवलमा बुझाएको प्रतिवेदन बुझ्दै राष्ट्रिय रुपमा नै स्वदेशमा उपलब्ध स्रोत र साधनको निर्यात गर्ने गरि संघीय ऐन नै आउनु पर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले सरकारले नै आयोगको प्रतिवेदन बुझाउने औपचारीकता मात्रै रहेको बताएका थिए । उनले प्रदेशमा संसदीय समिति गठन गरेर प्रतिवेदनमाथि छलफल गर्नु पर्नेमा जोड दिए । प्रदेशमा राजश्व बाडफाँडमा कमी कमजोरी र ढिलाई गर्न नहुने उनले बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलले प्रतिबेदन प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहकाबिचमा राजश्व बाडफाँड, उपयोगलगायतका बिषयमा कमि कमजोरी भएको बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, प्रदेश प्रमुख कार्यलयका कर्मचारी र संञ्चालरकर्मीहरुको सहभागीता रहेको कार्यक्रमको संञ्चालन प्रदेश प्रमुख कार्यालय प्रमुख धर्मा अर्यालले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ