काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।
उक्त बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि सुरु हुने प्रतिनिधि सभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताइन ।
‘आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरूको तयारीको विषयमा छलफल गर्दै छौँ’, सचेतक डाँगीले भनिन्, ‘बैठकमा सदस्यहरूको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूमिकाबारेमा समेत छलफल हुने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग