काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।
उक्त बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि सुरु हुने प्रतिनिधि सभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताइन ।
‘आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरूको तयारीको विषयमा छलफल गर्दै छौँ’, सचेतक डाँगीले भनिन्, ‘बैठकमा सदस्यहरूको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूमिकाबारेमा समेत छलफल हुने छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा