मेयर रेनु दाहालको भरतपुरमा उत्कृष्ट काम, के के काम भए ?

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, २१ : ३१
मेयर रेनु दाहालको भरतपुरमा उत्कृष्ट काम, के के काम भए ?

भरतपुर । मेयरका रुपमा भरतपुर महानगरपालिकामा दोस्रो कार्यकाल सम्हालिरहेकी रेनु दाहालले उत्कृष्ट कार्य गरेकी छन् । उनको कार्यको प्रतिपक्षी दलका नेताहरुले समेत तारिफ गर्ने गरेका छन् । 

हुन पनि रेनुले आफ्नो कार्यकालमा ६५० किमी सडक कालोपत्रे गरेकी छन् भने महानगरीय रिंगरोड र लिंक रोड निर्माण गरेकी छन् । 

यस्तै भरतपुर अस्पतालमा महिला तथा बृद्दलाई बहिरंग सेवा निशुल्क गरिएको छ । महानगरले भरतपुरमा जन्मने छोरीहरुलाई २ लाखको जीवन बिमा गराउनेदेखि खानेपानीको शहर निर्माण (७५,०० लि) सम्म निशुल्क गरिएको छ । 

यस्तै रेनुकै कार्यकालमा  नारायणी नदीमा ५ अर्बको लागतमा तटबन्ध निर्माण सम्पन्न भएको छ भने अन्तराष्ट्रिय मापदण्डको सिटिहल निर्माणाधिन अवस्थामा रहेको छ । 

यसैगरी बाईपास ४ लेन र राजमार्ग ६ लेन सहित ब्यवसथित  गरिएको छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पनि हुने भएको छ। 
यसबाहेक  सामुदायिक विधालयहरुको स्तरोन्नति, आधुनिक ल्याब तथा सवारी साधनहरुको ब्यवस्थापन गरिएको छ भने मुल सडक एवं शहरी क्षेत्रमा विधुत प्रसारण लाईन भुमिगत गरिएको छ । 

सबै वडा कार्यलयहरुको भवन निर्माण (७० प्रतिशत सम्पन्न),  १ अर्बको लागतमा भरतपुर महानगरको कार्यलय निर्माणाधिन रहेको छ भने  भरतपुर विमानस्थलको स्तरोन्नति एवं रनवे बिस्तार अघि बढ्दै गरेको छ ।

यसैगरी स्वास्थ्य सेवा प्रदायक सार्वजनिक संस्थाहरुको बिस्तार तथा विकेन्द्रीकरण गरिएको छ भने  दक्ष जनशक्तिको केन्द्रिकरण एवं परिचालनलाई पनि प्राथमिकता दिइएको छ । 

यसैगरी स्मार्ट लाईट जडान गरि उज्यालो भरतपुरको निर्माणलाई गति दिइँदा भरतपुर अस्पताल एवं क्यान्सर अस्पतालको भौतिक पुर्वाधार एवं सेवा प्रवाहमा नयाँ रक्तसंचार प्रदान गरिएको छ । 

यस्तै नारायणगढ स्थित नारायणी तट लाई सामुन्द्रिक सि विच मोडेलमा परिणत गरिँदा  सामुदायिक विधालयहरुमा प्राविधिक शिक्षाको विस्तारीकरण गरिएको छ । 

यस्तै नारायणी नदीमा सिग्नेचर मोडलको पुल निर्माणको प्रक्रियामा ठेक्का सम्झौता सम्पन्न भएको छ भने भरतपुर माडि जोड्ने नयाँ पुल तथा निकुन्जभित्र कालोपत्रे सडक निर्माणको पहलकदमी एवं सुरुवात दाहालकै कार्यकालमा भएको छ । 

प्रतिक्रिया दिनुहोस