काठमाडौ । नेपाल प्रहरीमा कार्यरत २४ जना कर्मचारी सम्पर्क विहीन भएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने स्पष्ट गरिएको छ ।
‘सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र ्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जबाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ’, सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट