काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अहिले कांग्रेससामु चुनौतीको सामना गर्दै अवसर सदुपयोग गर्दै अघि बढ्न सके आगामी दिनमा बलियो बन्न सक्छौं । अहिले एक भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ । एक बहुमत नभएपनि त्यसको हाराहारीमा ल्याउन सक्छौं । सबैले टिकट पाउँदैनन् । समानुपातिक र समावेशीताको आधारमा मिलाएर जानुपर्छ । पार्टीभित्रको चुनावमा पनि समावेशीताको आधारमा हुन्छ ।’
उनले आज अवसर नपाउनेले भोलि पाउने भएकाले टिकट वितरण उचित मूल्याङ्कनको आधारमा हुने बताए । चुनौतीहरूको सामना गर्न राष्ट्रियसभामा पनि गठबन्धनलाई अगाडि लिएर बढ्नुपरेको सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार