काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।
सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे: रास्वपा
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु
निर्वाचन आयोगमा रास्वपाको विवरण बल्ल अद्यावधिक, दिपक बोहराकाे सहकोषाध्यक्ष खारेज
थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न रास्वपाको माग