काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको आरोप लगाएका छन्।
बुधबार साँझ पार्टी कार्यालय च्यासल ललितपुरमा सञ्चारकर्मीसँग कुरागर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताए।
‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भने, ‘कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने देखिएको छ। यसले सरकार नागरिक प्रति कति संवेदनशील छ भने कुराको पुष्टि गर्छ।’
निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौँ भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गरेको आरोप उनले लगाए। ‘यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरेको छ,’ उनले भने।
सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ भनेर सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या गरेको आरोप उनले लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल
‘ओली-लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’ : शंकर पोखरेल