धरानमा सालकको खपेटासहित २ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, १२ : ५३
धरानमा सालकको खपेटासहित २ जना पक्राउ

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका ५ किसान चोकबाट ३ सय ४० ग्राम सालकको खपेटासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका - ३ का २८ वर्षीय सन्दीप राई र धरान उपमहानगरपालिका - १६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका - ३ का २१ वर्षीय मनोज तामाङ छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो ।साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्न आएपछि तामाङलाई पनि प्रहरीले पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।