रौतहट । रौतहट स्थित राष्ट्रिय वनबाट अवैध रूपमा सालको काठ चोरेर मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र बन सुरक्षा गस्ती टोलीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका ५ हरिहरपुरका ३० वर्षीय शेख जुनैद रहेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश कुमार साहले बताएका छन्। शेखमाथि अवैध काठ ओसार पसार सम्बन्धी मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अगाडी बढाइएको सेक्टर प्रमुख साहले जानकारी दिएका छन्।
सेक्टर बन कार्यालय चोंचा बाट गएको सशस्त्र गस्ती टोलीले गएराति रङपुर प्रहरी चौकी भन्दा करिब ५०० मिटर दक्षिण परसवा जाने बाटोमा ६।७१ क्युफिट अवैध सालको गोलिया काठ बोकेको अवस्थामा बिआर ०५ ए आर ०३१२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो।
पक्राउ परेका शेख अहिले डिभिजन वन कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको जनाइएको छ।जाडो बढेसंगै हुसु लागेको अवस्थामा रौतहट स्थित राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करहरूले अवैध रूपमा सालको काठ कटान गरी साइकल तथा मोटर साइकलमा ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ