काठमाडौँ । अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका भाग्य नारायण यादव छन् ।
जडिबुटी बस्दै आएका २१ वर्षीय यादवलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए । पीडितको मोबाइलमा अननोन सोर्स भएको युआरएल लिंक म्यासेज पठाएर सो लिंकबाट बैंक खातामा पहुँच बनाएर यादवले ठगी गरेको आरोप छ ।
बैंक खातामा पहुँच बनाएर आरोपीले मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेर ठग्ने गरेको एसपी रेग्मीले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ