रौतहट । देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ