काठमाडौं। भारतको सर्वोच्च अदालतले न्यायाधीशहरूले फैसला सुनाउँदा नैतिकताको आफ्नो बुझाइ थोपर्न नहुने बताएको छ । सर्वोच्च अदालतले बिहीबार कोलकाता उच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै 'न्यायाधीशले यौनसम्बन्धी नैतिकता र महिला-पुरुषहरूबाट आदर्श व्यवहारको अपेक्षामा टिप्पणी गर्दा' पूर्ण रूपमा गलत सन्देश' जाने बताएको हो ।
कोलकाता उच्च अदालतले भर्खरै आफ्नो एउटा फैसलामा किशोर किशोरीहरूलाई आफ्नो यौन इच्छालाई नियन्त्रण गर्न र आफ्नो शरीरको पहिचानको रक्षा गर्न' भनेको थियो।सर्वोच्च अदालतका न्यायाधीश ए एस ओका र उज्जल भुयनको इजलासले न्यायाधीशहरूले संविधान र कानुनको सिद्धान्तको पालना गर्ने अपेक्षा गरेको बताएका छन् ।
'जब यौन अपराधसम्बन्धी मुद्दाहरू सुनुवाइको लागि आउँछन्, त्यसमा आफ्नो नैतिक समझ र सल्लाह उल्लेख गर्नु हुँदैन,' उनीहरूले भनेका छन्, 'यस्तो निर्णय लेख्नु पूर्णतया गलत हो । न्यायाधीशले यस्तो निर्णय दिएर के सिद्धान्त दिनुभएको छ ?'
कोलकाता उच्च अदालतले अक्टोबर १८ को आफ्नो फैसलामा, ‘दुई मिनेटको यौन आनन्दका लागि आत्मसमर्पण गर्दा समाजको नजरमा केटीले आफ्नो इज्जत गुमाएको' बताएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु