काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते