काठमाडौ । जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए।
उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।
खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन्। महाराजगन्ज वृत्तको टोलीले म्याद थपका लागि उनलाई बुधबार दिउँसो जिल्ला अदालत काठमाडाैँ लगेका बेला हतकडीसहित भागेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ