मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, १० : २६
मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११, थानाभर्‍याङमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

हेटौँडा बजारबाट तर्फ बाट नवलपुर तर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पीटी दौडिँदै गरेका डडेलधुरा आलिताल गाउँपालिका-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिँदा घाइते भई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका हुन्। 

यही घटनापश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौर बस्ने ४१ वर्षिय लक्ष्मण लामा घाइते भएका छन् । उनको टाउको र हातमा चोट, हेटौँडा अस्पताल बाट नयाँ मेडिकल कलेज चितवन थप उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस