काठमाडौँ । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो ।
यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.५४ अंकले घट्दै ३८०.५३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर कारोबार भने आज पनि ४ अर्ब माथि (४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको) १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने निजीवन बीमा समूहको उपसूचक २.७६ प्रतिशतले घटेको छ ।
आज चिरखावा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार