काठमाडौं। केन्द्र सरकारले ल्याएको नयाँ कानूनको विरोधमा भारतका ट्रक चालकहरू आन्दोलनमा उत्रिएका छन् । नयाँ कानूनको विरोधमा उनीहरूले सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरू ट्रक थन्क्याएर हडताल गरिरहेका छन् । जसका कारण विभिन्न राज्यमा पेट्रोल, डिजेल, तरकारीजस्ता अत्यावश्यक वस्तुको आवतजावत प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रक नचलेपछि पम्पमा डिजेल र पेट्रोल अभाव भएको छ । फलफूल, तरकारी, दूध तथा कृषिजन्य वस्तुको आपूर्ति प्रभावित भएको छ ।उनीहरूको आन्दोलनका कारण यातायात सेवा पनि प्रभावित भएको छ । पेट्रोल र डिजेलको अभावका कारण बस, ट्याक्सी र अटो सेवा पनि ठप्प हुने अवस्थामा पुगेको समाचारमा उल्लेख छ ।
केन्द्र सरकारले दुर्घटना भएमा ट्रक र बस चालकलाई १० वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुन बनाएको छ ।त्यसको विरोधमा देशभरका ट्रक र बस सञ्चालकले हडताल गरेका हुन् । सरकारले कानुन फिर्ता नगरेसम्म सवारी साधन नचलाउने उनीहरूको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु