काठमाडौं। केन्द्र सरकारले ल्याएको नयाँ कानूनको विरोधमा भारतका ट्रक चालकहरू आन्दोलनमा उत्रिएका छन् । नयाँ कानूनको विरोधमा उनीहरूले सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरू ट्रक थन्क्याएर हडताल गरिरहेका छन् । जसका कारण विभिन्न राज्यमा पेट्रोल, डिजेल, तरकारीजस्ता अत्यावश्यक वस्तुको आवतजावत प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रक नचलेपछि पम्पमा डिजेल र पेट्रोल अभाव भएको छ । फलफूल, तरकारी, दूध तथा कृषिजन्य वस्तुको आपूर्ति प्रभावित भएको छ ।उनीहरूको आन्दोलनका कारण यातायात सेवा पनि प्रभावित भएको छ । पेट्रोल र डिजेलको अभावका कारण बस, ट्याक्सी र अटो सेवा पनि ठप्प हुने अवस्थामा पुगेको समाचारमा उल्लेख छ ।
केन्द्र सरकारले दुर्घटना भएमा ट्रक र बस चालकलाई १० वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुन बनाएको छ ।त्यसको विरोधमा देशभरका ट्रक र बस सञ्चालकले हडताल गरेका हुन् । सरकारले कानुन फिर्ता नगरेसम्म सवारी साधन नचलाउने उनीहरूको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?