काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँबाट जुवातास खेलेको आरोपमा १६ जना पक्राउ परेका छन् । काठमाडौँका गोकर्णेश्वर नगरपालिका लगायतका स्थानबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको हो ।
सोमवार राति गोकर्णेश्वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवातास खेलिरहेका तामाङसहित ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै काठमाडौँ महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेका तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित सोमवार राति पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ