काठमाडौ । बर्दियाबाट दाङआउँदै गरेको बस आज बिहान दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
राप्ती राजमार्गको अमेलिया –तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर-१३ दमारगाउँमा आइतबार बिहान पौने आठ बजे भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।
‘वनभोजका लागि बर्दियाबाट आउँदै गरेको बस सडक छेउको नालामा पल्टिएको हो,’ एसपी केसीले भने, ‘दुर्घटनामा झण्डै २० जना घाइते भएका छन्। घाइते सबै खतरामुक्त छन्।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते