काठमाडौं । नेकपा एमाले त्यागेर राप्रपा नेपाल प्रवेश गरेका पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालका उपाध्यक्ष बनेका छन्।
जाजरकोटका शाहलाई अध्यक्ष कमल थापाले आज पार्टीको विधान बमोजिम पार्टी उपाध्यक्ष पदमा मनोनित गरेका हुन्। शाह गत पुस ३ गते राप्रपा नेपाल प्रवेश गरेका थिए । शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने थापाले दाबी गरेका छन् ।
यही मंगलबार राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन्। उनी एमालेमा हुँदै ती दुवै पदमा पुगेका थिए। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा नेपालमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग