काठमाडौं। अबको ४ महिनापछि भारतमा आमनिर्वाचन हुँदैछ । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । उनलाई ‘एनडीए’ गठबन्धनले सघाउने छ ।अर्कोतिर भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) प्रधानमन्त्री मोदीविरुद्ध बलियो मोर्चाबन्दी गरिरहेको छ । गठबन्धनको नाम ‘इण्डिया’ राखिएको छ ।
इण्डिया गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार आधिकारिक घोषणा गर्न बाँकी छ । तर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बिहीवार राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेको नाम प्रस्ताव गरेपछि भारतको राजनीतिमा नयाँ तरिकाले तरंगित भइरहेको छ ।
कारण, खड्केको नामलाई आमआदमी पार्टीका सांसद तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि समर्थन जनाएका छन् । ८२ वर्षीय खड्गे दलित समुदायबाट आएका नेता हुन् । उनी ५५ वर्षदेखि भारतको राजनीतिमा सक्रिय छन् । खड्गे प्रधानमन्त्री भएमा भारतमा नयाँ इतिहास रचिने छ । किनकि, भारतले पहिलो दलित समुदायको प्रधानमन्त्री पाउनेछ ।
‘इण्डिया’ गठबन्धनकै कतिपय नेताले भने खड्गेले मोदीलाई ठक्कर दिन नसक्ने बताएका छन् । यद्यपि, नयाँ इतिहास रचिनेतर्फ भने उनीहरू सकारात्मक रहेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु