राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे जवाफ दिने

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १२ : १८
राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्र्याकबारे जवाफ दिने

काठमाडौं । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको हो ।

राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्दै आएको छ । प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी सामेल गराएको आरोप नेपाली सेनामाथि लागेको छ ।