काठमाडौँ । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको
सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ। त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ।
एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।
हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ । रिजालले भने, “बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् ।
दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन्। ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन्।” यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०४ पुस २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु