द्रुत बस सेवाको सुविधा अब अनलाइन प्रणालीबाट

पत्रपत्रिकाबाट

बुधबार, ०४ पुस २०८०, ०७ : २६
द्रुत बस सेवाको सुविधा अब अनलाइन प्रणालीबाट

काठमाडौँ । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको
सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ। त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ। 

एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । 

हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ । रिजालले भने, “बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् ।

दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन्। ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन्।” यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको खबर गोरखापत्रमा छापिएको छ ।