एजेन्सी । भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ।
हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ।
संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्।
भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन्।
निलम्बित सांसद अब्दुल्लाहले पत्रकारहरूसँग कुराकानी गर्दै संसदमा प्रतिपक्षी रहेसम्म प्रश्न गर्न नछोड्ने बताए। संसदको सुरक्षा उल्लंघन भएको विषयमा गृहमन्त्री अमित शाह आएर पाँच मिनेट जवाफ दिँदा केही फरक नपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ पुस २०८०, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु