काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन । निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो ।
राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् ।
फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
राष्ट्रिय सभाको अधिवेशन अन्त्य
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची