काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । पार्टीको महाकाली–मेची संकल्पयात्राअन्तर्गत शुक्रबार तेह्रथुमको वसन्तपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
युवाकेन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्य क्षेत्रमा झनै ठूलो संकट पैदा हुने अवस्था यात्राका क्रममा आफूहरूले अनुभव गरेको उनले उल्लेख गरे ।
उनले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामाझ आउन र उनीहरूका समस्या समाधान गर्न आग्रह गरे । परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत् रहेको भन्दै उनले सबै राजनीतिक दलहरूले स्थानीयको अवस्था परिवर्तनका निम्ति स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
“युवाकेन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए विस्तारै गाउँहरू, बस्तीहरू युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् । जलवायु परिवर्तनका असर बढी देख्यौँ । खानेपानीको मुहान सुक्ने, हिउँहरू पग्लिरहेको देख्यौँ,” उनले भने, “हिमालहरू कालो पहाड बन्दै गएको, ठूला पहिरो गएको छ । अन्य दलहरूलाई पनि राजधानीमा बसेर सत्ताको वाक्कदिक्क लाग्दो लुछाचुँडी र भागबन्डा छोडेर जनतामा आउनुस्, जनतामा ठूलो पीडा छ । सबैले स्वस्थ प्रतिस्पर्धा गरौँ ।”
उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली