काठमाडौँ । भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला दर्शक दीर्घाबाट एक शङ्कास्पद व्यक्ति अचानक बैठक हलमा दौडिएपछि संसद कारबाही अवरुद्ध भएको छ ।
भिडिओमा देखिए अनुसार एक जना व्यक्ति सांसदको बीचबाट माथि माथि कुद्दै सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ । शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालिएको छ । पश्चिम बङ्गालका बीजेकी सांसद खानेन मुर्मू बोलिरहेका बेला अचानक संसदमा होहल्ला भएको थियो ।
शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो । सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हङ्गामा मच्चाएका छन् । लोकसभा सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ मंसिर २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?