काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आउँदै छन् ।
शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउन लागेका हुन् ।
प्रधानमन्त्री बिहान साढे ९ बजे स्तुप क्षेत्रमा आउने कार्यक्रम रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए ।
प्रधानमन्त्रीले रामग्राम स्तुपमा आई विश्व शान्तिको कामनासहित दिप प्रज्वलन र स्तुप क्षेत्रको पुनर्स्थापना, संरक्षण तथा विकासका लागि दुरदर्शी परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डसहित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत विभिन्न देशका राजदूत पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
रामग्राम स्तुप परिसरमा हुने कार्यक्रमको लागि स्तुप क्षेत्रलाई दुलहीझै सिंगारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की