काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आउँदै छन् ।
शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउन लागेका हुन् ।
प्रधानमन्त्री बिहान साढे ९ बजे स्तुप क्षेत्रमा आउने कार्यक्रम रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए ।
प्रधानमन्त्रीले रामग्राम स्तुपमा आई विश्व शान्तिको कामनासहित दिप प्रज्वलन र स्तुप क्षेत्रको पुनर्स्थापना, संरक्षण तथा विकासका लागि दुरदर्शी परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डसहित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत विभिन्न देशका राजदूत पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
रामग्राम स्तुप परिसरमा हुने कार्यक्रमको लागि स्तुप क्षेत्रलाई दुलहीझै सिंगारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन