काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १५ : ३१
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं। काठमाडौं महानगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ।२९औं महानगर दिवस २०८० को अवसरमा दशरथ रङ्गशालामा आयोजित खेलमा जनप्रतिनिधिको प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्व गरेका थिए ।

 

महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो ।खेलको शुरूवात गर्दै राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई फुटबल हस्तान्तरण गरेका थिए ।

 

 

 

यस्तै रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए ।खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए । 

 

यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नवीन भण्डारीले २ गोल गरेका थिए ।खेल सकिएपछि मुल समारोह समितिकी संयोजक डंगोलले जनप्रतिनिधि र कर्मचारीबीचको मैत्री खेलले आन्तरिक समन्वयलाई बिम्बित गरेको बताइन् ।महानगर दिवसका कार्यक्रम अन्तर्गत २७ गते बाँसुरी वादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुने महानगरपालिकाले जनाएको छ ।