प्री ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढ्यो

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, ११ : ११
प्री ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक  २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा बन्द भएको छ। यो सेसनमा  १७६ स्क्रीप्टको ८५ हजार ५४८ कित्ता सेयर २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका स्क्रिप्टमध्ये १५६ को मूल्य बढ्यो भने ५ वटाको घट्यो। यो समयमा १३ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेर बन्द भएको थियो।

प्रतिक्रिया दिनुहोस