काठमाडौँ । मकवानपुर प्रहरीले सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ।
हेटौँडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा हेटौँडा ९ का ३३ वर्षीय निश्चल पाण्डे‚ सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षका प्रितम क्षेत्री छन्। उनीहरूको साथबाट घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚ लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २३ मंसिर २०८०, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ