काठमाडौ । सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुबेदीका अनुसार टिकटकले पत्रमा स्वनियमनका मान्यता अनुसार अघि बढ्ने प्रस्ट पारेको छ ।
टिकटकले आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको छ । उनले भने, ‘टिकटकले पत्र पठाएको छ। स्वनियमनका मान्यता र सरकार तथा मन्त्रालयले भनेका कुरा मान्न चाहन्छौं, छलफल गर्न चाहन्छौं भनेर पत्र लेखेको छ। यसबारेमा सरकारले कुनै निर्णय गरेको छैन ।’
सरकारले कात्तिक २७ गते टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक बाताबरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णय गरेको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २० मंसिर २०८०, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा