काठमाडौं। टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।न्यायाधीश सुष्मलता माथेमा र प्रकाश शर्माको इजलाशमा रिटको सुनुवाइ हुन लागेको हो । टिकटक बन्दविरुद्धका रिट मंगलवारको पेशीको पुछारतिर परेको छ । रिटको पेशी २६औं नम्बरमा छ ।
अधिवक्ता स्वागत नेपालसहितले दायर गरेका रिटमाथि यसअघि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्चले मंसिर ५ गते कारण देखाउ आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध