मकवानपुर । हेटौंडा उपमहानगरपालिका– १६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थल मै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा– १६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर गएराति अनियन्त्रित भई पानीस्वारा भीरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु