रेनु दाहालकी छोरी प्रतिभाले गरिन् विज्ञानबाबुसँग इन्गेजमेन्ट

सफल खबर संवाददाता

विहीबार, १४ मंसिर २०८०, १३ : १०
रेनु दाहालकी छोरी प्रतिभाले गरिन् विज्ञानबाबुसँग इन्गेजमेन्ट

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठक वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।

विज्ञानबाबु अर्थशास्त्री हुन् । हाल स्वीजरल्याण्डमा बस्दै आएका उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् । प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए।

रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। प्रतिभाले पनि विदेशबाटै उच्च शिक्षा लिएकी हुन्।