भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठक वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।
विज्ञानबाबु अर्थशास्त्री हुन् । हाल स्वीजरल्याण्डमा बस्दै आएका उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् । प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए।
रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। प्रतिभाले पनि विदेशबाटै उच्च शिक्षा लिएकी हुन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
संसदीय निर्वाचनको तयारीसहित भरतपुर महानगर प्रमुख रेनु दाहालले दिइन् राजीनामा
चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास