नेपाली कामदारलाई कोरोनामा थपियो रोजगारी

पत्रपत्रिकाबाट

विहीबार, १४ मंसिर २०८०, ०७ : २४
नेपाली कामदारलाई कोरोनामा थपियो रोजगारी

काठमाडौ । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ ।

यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो ।

वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक  क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस