प्रधान सेनापतिसँग भारतीय टोलीको भेट

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, ०७ : ४३
प्रधान सेनापतिसँग भारतीय टोलीको भेट

काठमाडौ  । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट क्रप्सकाेको प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ । त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले युथ एक्सचेन्ज प्रोगामका दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गर्दै प्रधान सेनापति समक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए ।

मंसिर ५ गते नेपाल आइ पुगेको भारतीय टोली मंसिर बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । टोलीमा २० जना सहभागी छन् ।

  नेपालमा पनि वि.सं.२०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६,७७६ (छैसठ्ठी हजार सात सय छयहत्तर) जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् । यस वर्ष उक्त तालिममा ७,७०४ (सात हजार सात सय चार) जना छात्र छात्राहरू सहभागी भई रहेका छन् ।

 वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल युथ एक्सचेन्ज प्रोगाममा सहभागी हुँदै आएको छ भने वि.सं.२०५६ सालबाट नेपालमै युथ एक्सचेन्ज प्रोगाम आयोजना गर्न थालिएको हो । यस कार्यक्रम अन्तरगत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा ४२३ जना क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।
यसपटक नेपाल भ्रमणमा आएको भारतीय टोलीले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा सहभागी हुनुको साथै काठमाडौँ उपत्यका र वरपरका इलाकाहरूको भ्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस