काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल संवत् ११४४ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानको नाममा अस्थिरतामा फसाउने र देशका विरुद्धमा विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । ’वर्तमान सरकारले राजनीतिक अस्थिरता र अराजकतालाई नियन्त्रण गर्नुको सट्टा उल्टै प्रोत्साहन गर्ने काम गरिरहेको आरोप अध्यक्ष ओलीले लगाए । ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर, अराजक बनाएको छ ।
अराजकतालाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘गुन्डालाई गिरफ्तार गर्ने होइन गिरफ्तार भएको गुन्डालाई सरकारले छोड्न लगाउँछ ।’राजसंस्था फर्काउनु पर्छ भन्नेहरूलाई लक्ष्य गर्दै उनले एकाधिकार व्यक्तिमा केन्द्रित शासन जनताको रोजाइ नभएको बताए । लक्षित जन्मिँदै कोही राजा हुने र जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा कुनै सचेत नेपाली जनताले स्वीकार गर्न नसक्ने उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी