रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, १४ : ०४
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ।

पार्टी कार्यालय घण्टी घरमा जारी बैठकमा संगठनात्मक विषय तथा आगामी कार्ययोजनाबारे छलफल भइरहेको जनाइएको छ।

रास्वपाको पहिलो महाधिवेशन गत असारमा चितवनमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।

पार्टीको केन्द्रीय समितिमा थप ५१ जना सदस्य मनोनयन गर्न बाँकी रहेकाले बैठकमा त्यससम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस