काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ ।
पार्टीले सञ्चालन गरेको तिन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सङ्गठन गठन, पुनर्गठन तथा रूपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय पुनर्गठन हुन लागेको हो ।
पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापा मगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलाई प्रमुख अतिथि रहने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता