जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ मंसिर २०८०, ११ : १२
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस