भूकम्प प्रभावित क्षेत्रमा माओवादी केन्द्रले तीन हजार स्वयंसेवक खटाउने

रासस

आइतबार, ०३ मंसिर २०८०, १९ : १७
भूकम्प प्रभावित क्षेत्रमा माओवादी केन्द्रले तीन हजार स्वयंसेवक खटाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । पार्टीको निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्प पीडितका अस्थायी आवास तथा पुनः निर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ ।

भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । प्रत्येक वडामा २१ जनाको टोली सक्रिय हुनेछ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा एक सय पाँच जनाको ज्यान गएको थियो भने एक सय १२ जनाभन्दा बढी घाइते भएका थिए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस