एजेन्सी । इजरायली सेनाले हमासले बन्धक बनाएका १९ वर्षीय नोआ मार्सियानोको शव फेला पारेको जनाएको छ । गाजाको अल शिफा अस्पताल नजिकैको क्षेत्रमा उनको शव भेटिएको सेनाले बतायो ।
मार्सियानोको मृत्यु भएको केही दिनपछि इजरायली सेनाले यो घोषणा गरेको हो । मार्सियानोको शवलाई इजरायलमा ल्याइएको थियो। त्यहाँ उनको शव पहिचान गर्न परीक्षण गरिएको थियो।
इजरायलमा अक्टोबर ७ मा हमासका लडाकुहरूले आक्रमण गरेपछि बन्धक बनाएका २४० मध्ये मार्सियानो पनि थिइन्। यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । ६५ वर्षीय इजरायली बन्धक येहुदित वेइसको शव पनि अल शिफा अस्पताल नजिकैको घरबाट भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०१ मंसिर २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँग ६० दिने युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा हमास सकारात्मक
हमासद्वारा अमेरिकाको युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव अस्वीकार
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही