काठमाडौँ। सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध