एजेन्सी । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ३३ औँ खेलमा भारत विजयी भएको छ । भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
यो जितसँगै भारतले दुई खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको छ भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो ।
समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो ।
मुम्बईको वानखेडे स्टेडियममा जितका लागि श्रीलंकाले ३५८ रनको चुनौती पछ्याएको श्रीलंकाले निरीह प्रदर्शन गर्दै १९.४ ओभरमा अलआउट हुँदै ५५ रनमात्र बनाउन सक्यो । कुसन रजिथाले सर्वाधिक १४ रन बनाएको इनिङ्समा पाँच खेलाडीले रनको खाता नखोली पभेलियन फर्कनु परेको थियो ।
भारतका लागि मोहम्मद शामीले ५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । योसँगै उनले भारतका तर्फबाट विश्वकपमा सबैभन्दा बढी ४५ विकेट लिने कीर्तिमान पनि राखेका छन् ।
उनले मात्र १४ खेलमा उक्त रेकर्ड राखेका हुन् । त्यस्तै एक दिवसीयमा चार पटक पाँच विकेटदेखि माथि विकेट लिने कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन् । त्यस्तै भारतका लागि मोहम्मद सिराजले ३ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए ।
यसअघि खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३५७ रन बनायो । भारतका लागि शुबमन गिल, विराट कोहली र श्रेयस ऐयर भने शतक नजिक पुगेर पनि शतक बनाउन चुके ।
दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गर्ने क्रममा गिलले ९२ बलमा ९२ र कोहलीले ९४ बलमा ८८ रन बनाए । ऐयरले ५६ बलमा ८२ रन जोडे । सो क्रममा ऐयरले यो विश्वकपको सबैभन्दा टाढा (१०६ मिटर) छक्का प्रहार गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले २४ बलमा ३५ रन बनाए ।
श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ५ विकेट लिए । यो खेल हारेसँगै श्रीलंका विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ कार्तिक २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना